FAQs Complain Problems

संक्षिप्त परिचय

यस गढीमाइ नगरपालिकाको स्थापना वि. स. २०७३ सालमा भएको हो । नेपालको दोस्रो ठुलो गढीमाई मन्दिर र मेला यसै न. पा. मा रहेको र सोही धार्मिक स्थलको नामबाट यस न. पा. को नाम गढीमाई नगरपालिका नामाकरण भएको हो । यस न. पा.को केन्द्र रौतहट जिल्लाकै पुरानो र नेपाल अंग्रेज युद्ध भएको युद्धस्थल  समनपुर बजारमा रहेको छ । जसको ऐतिहासिक नाम लडैया समनपुर पनि रहेको छ । यो नगरपालिका प्रसिद्ध बागमति नदिको किनारमा रहेको छ जसले सर्लाही जिल्ला र यस न.पा. लाई छुटयाउने सिमानाको पनि काम गरेको छ । यो नगरपालिका बागमती नदी को मिठो माछा तथा जिल्लाको विभिन्न ठाउँमा निर्माण सामाग्री निर्यातको लागि पनि चिनिने गरिन्छ । नेपाल अंग्रेज युद्ध भएको युद्धस्थलमा रहेको किल्ला र युद्धमा प्रयोग भएको हातहतियारहरु अहिले पनि यस ठाउँमा भेटिने गरेकोले पनि यस न.पा.को आफनै एतिहासिक विशेषता रहेको छ । पाँच वर्षमा लाग्ने नेपालकै दास्रो ठुलो गढीमाई मेलाले पनि यस ठाउँमा लाखौ धार्मिक पर्यटकहरुको घुईचोले यस न.पा. को चिनारीलाई प्रष्टाएको छ । यस न. पा. को प्रमुख आन्तरिक आय स्रोत भनेको नदीजन्य निर्माण सामाग्रीको उत्खनन तथा बिक्री वितरण हो । यस नगरपालिका मा मुख्य गरी यादव, मुस्लिम, मलाह, कानु, ब्राम्हण, कायस्थ, थारु, बनियाँ, कुम्हाल, नेवार, चमार, दुसाध, मुस्हर, डोम आदि जात जातिहरुको बसोवास रहेको छ ।
                                           साविकको ६ वटा गा.वि.स.हरु समनपुर, संग्रामपुर, बलुवा मदनपुर, गम्हरिया, बरियारपुर, तथा धर्मपुरलाई एक ठाउँमा समावेश गरि यस न. पा. को निर्माण गरिएको छ । जस अन्तर्गत जम्मा ९ वटा वडाहरु कायम गरिएको छ । यस न. पा. को पुर्वमा बागमति नदी पारी सर्लाही जिल्ला, पश्चिममा गरुडा न. पा., उतरमा बृन्दावन न. पा. तथा दक्षिणमा माधव नारायण न. पा. रहेको छ । यस न. पा. को कुल क्षे. ४९.४४ वर्ग कि. मि. रहेको छ । २६ं ५८’ ०२” उतर देखि ८५ं २२’ ५८” पुर्व सम्म फैलिएको छ ।  संघिय क्षेत्र नं. १ तथा प्रादेशिक क्षेत्र नं. १ ख अन्तर्गत यस न. पा. को वडा नं. ६, ७ र ८ तथा संघिय क्षेत्र नं. ४ तथा प्रादेशिक क्षेत्र नं. ४ ख अन्तर्गत यस न.पा. को वडा नं. १, २, ३, ४, ५, र ९ पर्दछ । यस न. पा. अन्तर्गत ३ वटा इलाका प्रहरी कार्यालय तथा १ वटा शसस्त्र प्रहरी बेश क्याम्प रहेको छ । यस न. पा. मा बैंक अफ काठमाण्डौं, नेपाल बैंक लिमिटेड तथा साधना लधुवित्त लगायतका बैंक तथा लघुवित्तहरु रहेका छन । यस नगरपालिकाको कुल जनसंख्या ४५००० हजार मध्ये पुरुष २२०५० तथा महिला २२९५० जना रहेको छ । कुल जनसंख्याको  ७० प्रतिशत हिन्दु धर्म मान्ने समुदाय तथा ३० प्रतिशत इश्लाम धर्म मान्ने समुदायको बसोवास रहेको छ । कुल जनसंख्याको ७० प्रतिशत मानिसहरु कृषी पेशामा लागेको देखिन्छ भने व्यापार, वैदेशिक रोजगारी, जागिर तथा श्रमिकको काम गर्नेहरुको पनि संख्या यहाँ उल्लेख्य रहेको देखिन्छ ।